रक्षाचौरमा घरेलु हिसां न्युनिकरण सम्बन्धि अन्तरक्रिया



सैघाली खबर
तुलसीपुर(दाङ), १८ भदौ, घरेलु हिसां न्युनिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुर र ईलाका प्रहरी कार्यालय तुलसीपुरको संयुक्त आयोजनामा तुलसीपुर ं ४ रक्षाचौरमा सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले हिंसा रहित समाज निर्माणका लागि सकारात्मक सोचका साथ एकजुट हुनु पर्ने जोड दिएका थिए ।  सो अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अथिती ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अर्यालले प्रहरी र नागरिकहरुको सहयोगले मात्र अपराध नियन्त्रण गर्न सकिने बताउनु भयो। उहाँले आफना घर छिमेकमा कुनैपनि घटनाको बारेमा जानकारी भए प्रहरीलाई समयमा सूचना दिएर सहयोग गर्न पनि अनुरोध गर्नु भयो।
कार्यक्रमका बारेमा प्रहरी निरिक्षक रमेश विष्टले जानकारी दिनु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्