आयल निगमको अनियमितामा सरकारले थप छानविन गर्दै



 

सैघाली खबर
काठमाडौं,१९ भाद्र


नेपाल आयल निगमको भ्रष्टाचार प्रकरणमा सरकारले पनि छुट्टै छानविन गर्ने भएको छ । आपुर्ति मन्त्री शिवकुमार मण्डलले आयलनिगमको जग्गा खरिदमा भ्रष्टाचार भएको भन्ने विषयमा छानबिन गर्न समिति र अख्तियारले आफूलाई नसघाएको आरोप लगाउनुभएको छ । मन्त्री मण्डलले अधिकारप्राप्त समितिहरुले आधिकारीक धारणा बाहिर नल्याउँदा आफूलाई समस्या भएको बताउनुभयो । निगमको जग्गा खरिदका विषयमा सरकारले केही नबोलेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला मन्त्री मण्डलले तथ्य र प्रमाण फेला परे जो सुकैलाई पनि कार्वाही गर्ने बताउनुभयो । आफूले बोलेर मात्रै भन्दापनि प्रक्रियागत रुपमा यस विषयमा कार्वाही प्रक्रिया अगाडी बढाउने उहाँको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्