घोराहीको जग्गाको मुल्याङ्कन



दिपक बोहरा

दाङ, १८ भदौ 


दाङ घोराही उपमहानगरपालिका भित्र पर्ने जग्गाको मुल्याङ्कन गरिएको छ । न्युनतम मुल्य निर्धारण समितिले चालुआर्थिक बर्ष २०७४र०७५ का लागि जग्गाको न्युनतम मुल्याङ्कन गरेको हो । जग्गाहरुको रजिष्ट्रेसन प्रयोजनका लागि मालपोत कार्यालय घोराही अन्तरगतका जग्गाको मुल्याङकन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा स्थानीय बिकास अधिकारी,उपमहानगरपालिका कार्यकारी अधिकृत लगायतको उपस्थित रहेको बैठकले जग्गाको मुल्याङ्कन गरेको हो ।
घोराही उपमहानगरपालिका अन्तरगत बिद्युत प्राधिकरण देखी उत्तरपुर्ब तुलसीपुर चोक हुँदै दामोदर चोक पश्चिम बाल मन्दिरसम्म पुर्ब नेपाल बैंक लिमिटेड सम्मको सहिद मार्ग चोक सम्म दायाँबायाँ पर्ने जग्गा, डिके पेट्रोल पम्पदेखी पुर्ब ट्राफिक चोक सम्म लमही तुलसीपुर सडक खण्ड दायाँबायाँ पर्ने जग्गा, लमही–तुलसीपुर सडक देखी उत्तर शहिद गेट हुँदै नेपाल बैंक लिमिटेड चोक सम्मको सडकसंग जोडिएको जग्गाको न्युनतम मुल्याङ्कन प्रतिबर्गमिटर २३ हजार कायम गरिएको छ ।
त्यस्तै ट्राफिक चोक देखी उत्तर अस्पताल हुँदै नेपाली सेनाको ब्यारेकसम्म सडक दायाँबायाँ पर्ने जग्गा, शहिद गेट देखी दक्षिण जिल्ला अदालतसम्मको जिविस रोड दायाँबायाँ पर्ने जग्गा, नेपाल बैंक देखी पुर्ब हुँदै साइ मन्दिर र गणेश मन्दिर सम्म सडक दायाँबायाँ पर्न जग्गा, डिके पेट्रोल पम्प देखी पश्चिम मिलन चोक जाने चोक सम्म लमही तुलसीपुर सडक दायाँवायाँ पर्ने जग्गा, बिद्युत प्राधिकरण देखि दक्षिण दायाँवायाँ पर्ने जग्गाको मुल्याङन प्रतिबर्गमिटर १४ हजार ५ सय कायम गरिएको छ ।
त्यस्तै बिद्युत प्राधिकरण देखि दक्षिण शिक्षा कार्यालय हुँदै दिपशिखा चोक सम्म सडक दायाँबायाँ पर्ने जग्गा, बालमन्दिरदेखि उत्तरतर्फ हुँदै घोराही पार्कको पूर्बपश्चिम र उत्रर नेपाल आर्मी ब्यारेक गेट सम्म सडक दायाँबायाँ पर्ने जग्गा, स्वर्गद्धारी एफएम उत्तर हुँदै मुख्य बजार चोक सम्मको सडक दायाँबायाँ पर्ने जग्गा, बाल मन्दिर देखी पश्चिम मिलनचोक सम्म जाने सडक दायाँबायाँ पर्ने जग्गा, निमा सिनेमा हलदेखि पश्चिम दक्षिण घोराही लमही सडकको भरतपुर सडक चोक सम्म सडक दायाँबायाँ पर्ने जग्गाको मुल्याङ्कन १४ हजार पाँय सय कायम गरिएको छ ।
त्यस्तै जिबिस रोड दाङ देउखुरी कजिल्ला अदालत देखी दक्षिण जिल्ला प्रशासन कार्यालय हुँदै नापी कार्यालय सम्म सडक दायाँबायाँ पर्ने जग्गा, नयाँ बजार टाउन प्लान क्षेत्रभित्रका माथि उल्लेख भएका बाहेक सम्पुर्ण सडक दायाँबायाँ पर्ने जग्गा, डिके पेट्रोल पम्प देखी उत्तर बालमन्दिर सम्म सडक दायाँबायाँ पर्ने जग्गा, नेपाल टेलिकम घोराही शाखादेखि दक्षिणतर्फ बैंक रोड सम्मको सडक दायाँबायाँ पर्ने जग्गा, ट्राफिक चेक पोष्टदेखि कटुवा खोलासम्मको सडक दायाँबायाँ पर्ने जग्गा, जिल्ला अदालतको दक्षिणतर्फको पुर्ब भरतपुर जोड्ने सडक दायाँबायाँ पर्ने जग्गा, घोराही बजारको थारु गाउँ भित्रको पक्की सडक दायाँबायाँ पर्ने जग्गामो न्युनतम मुल्याङ्कन ११ हजार पाँच सय कामय गरिएको छ ।
त्यस्तै बिपी चोक देखी दक्षिण बन कर्यालय जाने पक्की सडक दायाँबायाँ पर्ने जग्गा, बिपी चोक देखी उत्तर मधुवन होटेल हुँदै पिपल बोट सम्म सडक दायाँबायाँ पर्ने जग्गा, डिके पेट्रोल पम्पदेखि पूर्ब परिवार नियोजन हुँदै जिल्ला अदालत सम्म सडक दायाँबायाँ पर्ने जग्गा, लमही–तुलसीपुर सडकको थारु गाउँ चोक देखि दक्षिण काठेकोल स्कुल हुँदै बन कार्यालय जोड्ने पक्कि सडक दायाँबायाँ पर्ने जग्गा, घोराही–तुलसीपुर सडक खण्डको रतनपुर चोकदेखि पुर्ब भरतपुर मैदानसम्म जोड्ने सडक दायाँबायाँ पर्ने जग्गा, घोराही–तुलसीपुर सडक खण्डको रतनपुर चोक देखि पुर्ब भरतपुर मैदान सम्म जोड्ने सडक, घोराही–तुलसीपुर सडक देखी मिलनचोक जाने सडक दायाँ बायाँ पर्ने जग्गा, भरतपुर उकालो देखि क्याम्पस हुँदै धारापानी जाने सडक लख्वारे कुला सम्म सडकको दायाँबायाँ पर्ने जग्गा, डाँगी भवन देखि दक्षिण काठेकोहल स्कुल हुँदै वन डिभिजन जाने सडकका दायाँबायाँ पर्ने जग्गाको मुल्याङ्कन प्रतिबर्गमिटर ११ हजार पाँच सय कायम गरिएको छ ।
त्यस्तै मिलन चोकदेखि नेपाली सेनाको व्यारेकसम्म सडकको दायाँ बायाँ पर्ने जग्गा, नयाँ बसपार्कदेखि उत्तर तर्फको दुबै पक्की सडक दायाँबायाँ पर्ने जग्गा, लमही– तुलसीपुर सडक खण्डको मिलनचोक जाने चोकदेखि रतनपुर चोकसम्मको सडक दायाँबायाँ पर्ने जग्गा, हिन्दु बिद्यापीठ स्कुलदेखि पूर्ब तर्फका पूर्ब पश्चिम र उत्तर दक्षिणका भित्रि कच्चि ग्राभेल सडक दायाँबायाँ पर्ने जग्गा, रतनपुर चोकदेखि भरतपुर मैदान सम्म जाने सडकसम्म जोडिएका जग्गादेखि उत्तर लमही तुलसीपुर सडकसंग जोडिएका जग्गादेखि दक्षिण शिक्षा कार्यालय रोड देखि पश्चिम चार किल्ला भित्रका बिभिन्न भित्रि पक्की सडकका दायाँबायाँ जोडिएका जग्गाको न्युनतम मुल्याङ्कन प्रतिबर्गमिटर ८ हजार पाँय सय कायम गरिएको छ ।
त्यस्तै शंकर नगर टोलको पक्की सडक दायाँबायाँ पर्ने जग्गा, शितल नगर टोलको पक्की सडक दायाँबायाँ पर्ने जग्गा, जिल्ला प्रशासन कार्यालय देखि दक्षिण हुँदै दिपशिखा चोकसम्म पक्की सडक दायाँबायाँ पर्ने जग्गा, नेपाली सेनाको व्यारेक देखि फुर्सेखाली पक्की सडक दायाँबायाँ पर्ने जग्गा, लमही तुलसीपुर सडकको रतनपुर चोकदेखि पश्चिम रिङ्गरोड सडक दायाँबायाँ पर्ने जग्गा, शिक्षा कार्यालय रोडको दिपशिखा चोकदेखि दक्षिण गुलरिया पार्कसम्मको पक्की सडक दायाँबायाँ पर्ने जग्गा, रतनपुर–मिलन चोक देखि पूर्बस्वर्गद्धारी एफएम उत्तर शिव वस्ती रोड देखि पश्चिम लमही–तुलसीपुर रोड उत्तर मिलन चोक– बालमन्दिर बैंक रोड देखि दक्षिण चार किल्लाभित्र पर्ने कच्चि सडक दायाँबायाँ पर्ने जग्गाको न्युनतम मुल्याङ्कन प्रतिबर्गमिटर ८ हजार पाँच सय कायम गरिएको छ ।
त्यस्तै लमही– तुलसीपुर सडकको रिङ्गरोडदेखि पश्चिम न।पा। सिमानासम्म सडक दायाँबायाँ पर्ने जग्गा, लमही–तुलसीपुर सडकको कटुवा खोलादेखि सिस्ने खोला सम्म सडक दायाँबायाँ पर्ने जग्गा, गुलरिया पार्कदेखी भरतपुर मैदान सम्मको सडक दायाँबायाँ पर्ने जग्गा, शिक्षा कार्यालय रोडदेखि पुर्ब महेन्द्र बहुमुखी क्याम्पस सडकसंग जोडिएको जग्गा देखि पश्चिम भरतपुर मैदान ेखि उत्तर लमही–तुलसीपुर सडकसंग जोडिएका जग्गा देखि दक्षिण चार किल्लाभित्रका बिभिन्न कच्ची ग्राभेल सडकसंग जोडिएका जग्गा, रतनपुर भरतपुर पिचरोड देखि शुष्मा रोडको पाठक चोक सम्म सडक दायाँबायाँ पर्ने जग्गा, गुलरिया पार्कदेखि पश्चिम कपासी जोड्ने दामोदर रोडको उत्तर रतनपुरको थारु गाउँ जोड्ने सडक चोक सम्म सडक दायाँबायाँ पर्ने जग्गा, नेपाली सेनाको व्यारेक देखि पश्चिम सेवार खोला हुँदै बाह्रकुने ताल सम्मको पक्की सडक दायाँबायाँ पर्ने जग्गा, राप्ती उपक्षेत्रीय अस्पताल पूर्ब प्युठान जाने सडकको अम्वापुर जग्गा विकास आयोजनाको सिमानासम्म र अम्बिकेश्वरी मन्दीरसम्मको सडक दायाँ,बायाँ पर्ने जग्गा, रतनपुर चोकदेखि भरतपुर मैदानसम्म जाने सडकसम्म जोडिएका जग्गादेखि उत्तर लमही तुलसीपुर सडकसंग जोडिएका जग्गा देखि दक्षिण रतनपुरदेखि पूर्ब शिक्षा कार्याय रोडदेखि पश्चिमतिर चारकिल्ला भित्रका बिभिन्न भित्रि कच्ची ग्राभेल सडकका दायाँबायाँ जोडिएका जग्गाको न्युनतम मुल्याङ्कन प्रतिबगमिटर ६ हजार रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै चमै सोता देखि रझेना मसिना जाने पक्की सडक दायाँबायाँ पर्ने जग्गा, क्याम्पस रोडसंग जोडिएका जग्गादेखि पुर्ब लमही तुलसीपुर सडक संग जोडिएका जग्गादेखि दक्षिणपश्चिम कटुवा खोलादेखि पश्चिम लख्वारे कुलोदेखि उत्तर यति चार किल्लाभित्रका विभिन्न किसिमका सम्पुर्ण भित्री सडक दायाँबायाँ जोडिएका जग्गा, नेपाली सेनाको व्यारेकदेखि ढोरेनी पानी ट्याङ्की जाने कच्ची सडक दायाँवायाँ पर्ने जग्गा, रतनपुर देखि भरतपुर मैदान सम्म जाने सडकसंग जोडिएका जग्गादेखि दक्षिण दामोदर सडक देखि उत्तर भरतपुर मैदानदेखि पश्चिम चार किल्ला भित्र बाँकी सबै भित्री सडक दायाँबायाँ पर्ने जग्गाको न्युनतम मुल्याङ्कन प्रतिबगमिटर ५ हजार गरिएको छ ।
त्यस्तै साबिक त्रिपुर नगरपालिकाको लमही तुलसीपुर सडक खण्डको झारबैरा चोकदेखि खैरा चोक सम्म पक्की सडकको दायाँबायाँ पर्ने जग्गाको मुल्याङ्कन प्रतिबर्गमिटर ६ हजार गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्