आज –२८ बैशाख २०७६ शनिवारको राशिफल



मेष-  चू,चे,चो,ला,लि,लू,ले,लो,अ व्यापार व्यावसायमा लगानी गर्न नसकिने तथा आम्दानी कमहुदा आर्थिक समस्याले दिन गुज्रिनेछ । पढाइ लेखाइ तथा यस्तै क्रियाकलापमा राम्रो मिहिनेत गरेमात्र परिणाम आफ्नो पक्षमा पार्न सकिनेछ । आफन्त तथा आमा सँगको सम्बन्ध सुधार गर्दै अगाढि बढ्न सके फइदा हुने योग रहेकोछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायबाट भने आम्दानी केहि मात्रामा बढाउन सकिनेछ ।

बृष -ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईन ग्रहयोग रहेकोछ । दाजुभाईहरु सँगको सम्बन्धमा नयाँपनको बिकास हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ । पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ । साहित्य लेखनमा रुचि बढ्नेछ ।

मिथुन -का,की,कू,घ,ङ,छ,के,को,हा आफन्त तथा कुटुम्बसँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभा समारोहमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने बोलिको प्रभाब बढ्ने तथा महत्वपुर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुनेछ । पढाइ लेखाइमा राम्रै प्रगति भएर जानेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ भने मनग्गे धन सम्पति हातलाग्ने योग रहेकोछ । माया प्रेममा बिश्वासको बाताबरण बढ्नेछ ।

कर्कट -ही,हू,हे,हो,डा,डी,डु,डे,डो व्यापार व्यावसायमा लगानीगरि प्रशस्त आम्दानी गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानी खेर जानेछैन भने पद पाउँने योगलाई नकार्न सकिदैन । सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न हुनेछ । प्रेममा सफलता तथा सामिप्यता बड्नेछ । बिद्यामा गरिएको लगानी बाट राम्रै प्रतिफल प्राप्त हुनेछ ।

सिहं -मा,मी,मू,मे,मो,टा,टी,टू,टे० अन्तर्राष्ट्रिय बजारमा उत्पादित सामानको व्यापार व्यावसाय गर्दा प्रशस्त नाफा कमाउन सकिनेछ । लामो दुरिको बिदेश यात्रा हुनेछ । धार्मिक कार्य तथा सामाजिक कार्यमा खर्च बढेपनि मन खुसी रहनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले नसताउला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब सिर्जना हुनेछ ।

कन्या -टो,पा,पी,पू,ष,ण,ठ,पे,पो० बिद्यामा अरुलाई पछिपारेर अगाडि बड्ने समय रहेको छ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँने हुँदा बाहिरि बाताबरणको ख्याल गर्नुहोला । माया प्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थ तथा पानि सँग सम्बन्धित बस्तुहरुको कारोबारबाट फइदा हुनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ ।

तुला -रा,री,रु,रे,रो,ता,ती,तू,ते प्रतिष्पर्धिहरु परास्त हुनेछन् भने नयाँ काम पाउँने तथा नोकरिमा बुढुवा हुनेयोग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ पछिसम्म आम्दानी भईरहने व्यावसायमा लगानी गरि रोजगारिको अवसरहरु सिर्जना गर्न सकिनेछ । अध्ययनमा विजय हुनेयोग रहेकोछ भने अन्य साथिहरुलाई किनारा लगाउँदै पुरस्कार हातपार्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउँने समय रहेकोछ ।

बृश्चिक -तो,ना,नी,नू,ने,नो,या,यी,यू सरकारि तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बलियो पकड रहने हुनाले कामहरु सजिलै सम्पादन हुनेछन् । राज्यबाट पाउँने सेवा सुबिधा पाइनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रागरि प्रसाद तथा टिका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ ।

धनु -ये,यो,भा,भी,भू,ध,फा,ढा,भे काम गर्ने सवालमा आलोचनाको शिकार हुदा मन खिन्न हुनेछ । व्यापारमा लगानी गरेपनि आम्दानीकम हुनेहुनाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने योग रहेकोछ । कार्य क्षेत्रमा आउने बिवादले दैनिक काममा समस्या निम्तिनेछ । माया प्रेममा एक अर्काबिच अबिश्वास बढ्ने योग रहेकोछ ।

मकर -भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी साझेदारि व्यापार व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पर्यटन सम्बन्धि व्यावसाय फस्टायर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । मायाप्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

कुम्भ -गू,गे,गो,सा,सी,सू,से,सो,दा बिद्या तथा प्रतिष्पर्धामा प्रतिस्पर्धिहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकरा पाउने समय रहेकोछ । राजनीति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावलि पक्षबाट सहयोग तथा समर्थन पाइने छ ।

मीन -दी,दू,थ,झ,ञ,दे,दो,चा,ची पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ भने बौद्धिक,साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी गरि आम्दानी बढाउँन सकिनेछ । आकश्मिक धन तथा सम्पति हात लागि हुनेयोग रहेकोछ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे लाभ लिन सकिनेछ भने शेयर बजारमा गरिएको लगानी फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउँने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्