दुई विमान आकाशमा ठोक्किदा पाँचको मृत्यु



एजेन्सी । अमेरिकाको अलास्कास्थित केत्चिकनमा दुई विमान आकाशमा ठोक्किँदा पाँचजनाको मृत्यु भएको छ । सोमबार स्थानीय समयानुसार १ बजे उक्त दुर्घटना भएको हो ।

यूएस फेडरल एभिएशन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार कून केव इलाका नजिकै द हेविल्याण्ड डिएचसी–२ बीवर र द हेविल्याण्ड अटर डिसी–३ विमान ठोक्किएका हुन् ।  बीवरमा पाँच र अटरमा ११ यात्रु सवार थिए । बीवरमा सवार सबै यात्रुको मृत्यु भएको छ ।

ताक्वान एयरद्वारा सञ्चालित पानीमा समेत तैरने सानो ‘फ्लोट प्लेन’ १० जना यात्रुसहित अलास्काको मिस्टी जोर्डसको भ्रमणबाट फर्किरहेको थियो ।दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन ।

अर्कोमा रोयल प्रिन्सेस क्रुजका चार यात्री सवार विमान पनि अर्को यात्राबाट फर्किरहेको विज्ञप्तिमा बताइएको छ ।रोयल प्रिन्सेस विमानका चार यात्रु र पाइलटको मृत्यु भएको पुष्टि भएको छ ।

ताक्वान एयर प्लेनका ९ यात्रुलाई उद्धार गरिएको छ भने उनीहरुको उपचार भइरहेको छ । उक्त विमानका एकजना हराइरहेको जानकारीमा उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्