बाढी पिडितका लागि राप्ती समाज जापानको सहयोग



 

सैघाली खबर

दाङ २० भदौ । दाङका बाढी पिडितका लागि राप्ती समाज जापानले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति दाङको कोषकामा १ लाख ५९ हजार ३ सय ६१ रुपैयाँ सहयोग रकम जम्मा गरेको राप्ती समाज जापानका सचिव शरद पोख्रेलले जानकारी दिनुभयो । राहत कोषमा जम्मा गरेको भौचर सचिव पोख्रेलले दाङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक गजेन्द्रबहादुर श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो । त्यसअबसरमा बोल्दै समितिका संयोजक श्रेष्ठले मानव सेवाका लागि प्रदान गरेका राहत तत्काल बाढी पिडित समक्ष पु¥र्याउने जानकारी दिनुभयो । श्रेष्ठले राप्ती समाज जापानलाई निरन्तर रुपमा मानव सेवामा लाग्न आग्रह गर्नुभयो । समाजले निरन्तर रुपमा समाजिक सेवालाई अगाडी बढाउँदै आएको राप्ती समाज जापानका सचिव शरद पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार धुर्मस – सुन्तली फाउण्डेशनले निर्माण गरेको नमुना वस्ति निर्माणका लागि समेत सहयोग गरेको उहाँको भनाई ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्