मनपरी पैसा असुलेको भन्दै बैदेशिक रोजगार बिभागद्धारा इन्टरनेसनल जबलिंक प्रा.लीमा छापा



 

 

सैघाली खबर

काठमाण्डौ २० भदौ । विदेश पठाउने बाहनामा सर्वसाधारण संग पैसा असुल्ने राजधानीको महाराजगंजस्थित इन्टरनेसनल जबलिंक प्रालिमा वैदेशिक रोजगार विभागले आफ्नो पक्राउ गरेको छ । सरकारी नियम अनुसार विदेशीने कामदारसँग लिन पाउने अधिकतम शुल्क भन्दा १० गुणा बढी पैसा लिएको प्रमाणको आधारमा राजधानीको महाराजगंजस्थित इन्टरनेसनल जबलिंक प्रालिमा वैदेशिक रोजगार विभागले आज छापा हानेको हो । अन्तर्वार्ता लिने क्रममै विदेशिने कामदारसँग १ लाख भन्दा बढी पैसा असुलेको प्रमाणका आधारमा विभागले जबलिंकमा छापा हानी केही कागजात जफत गरेको छ भने केही कागजात ३ दिनभित्र विभागमा पेश गर्न निर्देशन दिएको छ ।

विभागका निर्देशक मोहन अधिकारीको नेतृत्वको टोलीले जबलिंकमा छापा हानी श्रम स्वीकृतिका फाइल जफत गरेको विभागले जनाएको छ । विभागका निर्देशक अधिकारीले उक्त मेनपावरले बढी पैसा लिएको प्रमाणसहित विभागमा उजुरी प्राप्त भएपछि छापा मारिएको र अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिइएको बताए । निर्देशक अधिकारीले मेनपावरका संचालकलाई ३ दिनभित्र अन्य कागजातसमेत पेश गर्न निर्देशन दिइएको र ती कागजात प्राप्त भएपछि कारवाही बारे विभागले निर्णय गर्ने बताए ।

यता विभागका महानिर्देशक विश्वराज पाण्डेले कामदारसँग बढी पैसा असुल्ने कुनैपनि मेनपावर कम्पनीलाई उन्मुक्ति नदिने बताए । केहीदिन यता वैदेशिक रोजगार विभागले जारी राखेको अनुगमनलाई थप प्रभावकारी बनाउने बताउदै महानिर्देशक पाण्डेले भने –‘कामदार विदेश पठाउने नाममा अत्याधिक शुल्क मेनपावरले लिने गरेको गुनासो धेरै आउन थालेको छ । आज भएको अनुगमन पनि कामदारसँग १ लाखभन्दा बढी पैसा मागेको प्रमाणका आधारमा गरिएको हो । गरिव कामदारसँग बढी पैसा लिनेलाई हामी कुनै हालतमा छाडदैनौ ।’

महानिर्देशक पाण्डेका अनुसार विभागले गरेको अहिलेसम्मको मेनपावरको अनुगमनमा सबैभन्दा बढी कैफियत जबलिंकले गरेको पाइएकाले अनुसन्धानबाट प्राप्त निश्कर्षका आधारमा जबलिंकको कामकारवाही रोक्का गर्नेदेखि मेनपावरनै खारेजसम्मको कारवाही हुनसक्ने बताए ।यता मेनपावरका संचालक बालकुमार बुढाथोकिले कामदारसँग बढी पैसा लिएको घुमाउरो पाराले स्वीकार्दै १० हजार भन्दा बढी पैसा असुल्ने छुट दिनुपर्ने प्रतिक्रिया दिएका छन् ।‘विभागका सरहरुले पनि बढी पैसा लिएको आधारमा अनुगमन गर्न आएका हौ भन्नुभयो । हामीले पनि बाहिर बढी पैसा लिने गरेको सुनेका हौ तर, मेनपावरले बढी पैसा उठाएको छैन । बाहिर कस्ले कति उठाउछ त्यो हामीलाई थाहा छैन’ रोजगारमञ्चसँग कुरा गर्दै संचालक बुढाथोकिले भने –‘तर, सरकारले तोकेको सेवा शुल्क मात्र लिएर कामदार विदेश पठाउन सकिदैन । १० हजार मात्र लिएर कसैले विदेश पठाउन सक्दैन । कित सरकारले आफ्नै देशमा रोजगारी दिनुपर्यो होइन भने १० हजार भन्दा बढी पैसा लिने व्यवस्था हुनु पर्यो ।’

 

कामदारसँग बढी पैसा असुलेको गुनासो आएर या बढी कामदार उडाएका मेनपावरमा विभागले अनुगमन गर्ने क्रममा आज जबलिंकमा अनुगमन गरिएको हो रु भन्ने प्रश्नमा महानिर्देशक पाण्डेले विभागले पूर्वाग्राही वा कसले कति उडायो भनेर नभई प्रमाणका आधारमा अनुगमन गरिएको बताए ।

रोजगारमञ्च बाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्