जेष्ठ नागरीकको सभा सम्पन्न



शोभा रावत,
दाङ,२० भदौ ।
बृद्ध सेवा समितिको १२ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष खुमानन्द अधिकारीको अध्यक्षता तथा तुलसिपुर नगरपालिकाका मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्य एबं उपमेयर माया आचार्यको बिशष्टि आतिथ्यमा साधारण सभा भएको हो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर पाण्डेले प्रत्येक वडामा एक एक वटा बृद्धाश्रम बनाउने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा जेष्ठ नागरिक नारायण रेग्मी, जेष्ठ महिला उमा रजौरे, भोला नाथ योगी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिब गोपाल प्रशाद उपाध्यायले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्