पश्चिम बंगाल, विहार र पञ्जाबमा हिंसा



काठमाडौं । आइतवार भारतको लोकसभा निर्वाचनको अन्तिम चरणको निर्वाचनमा पश्चिम बंगाल, विहार र पञ्जाबमा हिंसाका घटना भएका छन् ।

पञ्जाबको खडूर साहिबमा कांग्रेस कार्यकर्ताको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । त्यस्तै, बठिन्डामा मतदान केन्द्रबाहिर फायरिङ भएको थियो । बठिन्डामा २० भन्दा बढी मानिस घाइते भएका छन् ।

पश्चिम बंगालको जाधवपुर, बैरकपुर, कोलकाता र बसीरहाटको मतदान केन्द्रमा पनि मारपीट, धाँधली र हिंसाका घटना भएका छन् । बंगालमा सातौं चरणसम्मको निर्वाचनसहित सबै चरणमा झडप तथा हिंसाको घटना भएको छ । विहारको पटनामा लालूप्रसाद यादवका छोरा तेजप्रताप यादवका अंगरक्षकको पत्रकारसँग झडप भएको छ ।

तेजप्रतापले आफूमाथि आक्रमण भएको भन्दै मिडियाकर्मी विरुद्ध मुद्दा दायर गरेका छन् । त्यस्तै, विहारको आरामा धाँधलीको आरोपमा स्थानीयले प्रहरीमा उजुरी दिएका छन् । यो क्रममा एक सुरक्षाकर्मी घाइते भएका छन् । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्