२३ गते भालुवाङ र २४ गते तुलसीपुरमा अडिसन हुने



सैघाली खबर
दाङ,२१ भदौ।
राप्ति अञ्चलको नृत्य प्रतियोगिता उत्सर्ग डान्सिङ स्टार सिजन ४ को भालुबाङमा असोज २३ र तुलसीपुरमा असोज २४ गते अडिसन हुने भएको छ।

भालुवाङको अडिसन देउखुरी भ्याली स्कुलमा अपरान्ह १२ बजे देखि प्रारम्भ हुने छ भने तुलसीपुरमा भने पब्लिक ज्ञानज्योतीमा बिहान ११ बजे देखि शुरु हुने कार्यक्रम निर्देशक के एल पिडीत ले जानकारी दिनु भयो।

उत्सर्ग फिल्म्स नेपाल आयोजक रहेको सो प्रतियोगितामा सबै उमेर समुहका नृत्य प्रतिभाहरुले सहभागी हुन पाउने ब्यवस्था समेत गरीएको छ। प्रतियोगीहरुलाइ अडिसन स्थलमा निशुल्क फाराम उपलब्ध गराइने भएको छ। प्रतियोगीहरुले नेपाली गीतमा बढीमा २ मिनेट नृत्य गर्नु पर्ने छ।

भालुवाङ अडिसनको सयोंजन नृत्य प्रशिक्षक एबम अभिनेत्री अनिता महतरा र तुलसीपुर अडिसनको सयोजनं कलाकार चोभार पौडेलले गरेका थिए। करीब बिगत ४ बर्ष देखि सञ्चालन हुदै आएको उत्सर्ग डान्सिङ स्टारको बिजेतालाई पचास हजार नगद सहित बिभिन्न पुरस्कार बाट सम्मान गरीने सहसयोजक देबका पौडेलले बताउनु भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्