सातवटा गाई ‘बलात्कार’ गर्ने पुरुष पक्राऊ !



भारतको अयोध्यामा सातवटा गाईलाई ‘बलात्कार’ गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

अयोध्याको कर्तालिय बाबा आश्रममा पालिएका गाईसँग सम्भोग गर्दै गर्दा उनलाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले गाईसँग सम्भोग गरेको दृश्य सिसिटिभिमा देखेपछि आश्रमका स्वयंसेवकले पक्राउ गरेका थिए । पक्राऊ गरी आश्रममा पुर्‍याएपछि ती व्यक्तिले फेरि गाईसँग सम्भोग गर्न खोजेको एक स्वंयसेवकले बताएका छन् ।

आश्रमका स्वय‌ंसेवकले उनले गाईलाई बलात्कार गरेको आरोप लगाएका छन् । ती व्यक्तिले आफूले मदिरा सेवन गरी यस्तो गरेको बयान प्रहरीलाई दिएका छन् ।

बलात्कार / भारत

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्