बडादशैँको साइत सार्वजनिक, टिकाको साइत १४ गते ११ः४५ उत्तम



सैघाली खबर
काठमाडौं,२२ भाद्र


नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ ।असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र शुरु हुनेछ । त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

त्यस्तै असोज ११ गते फूलपाती भित्र्याउने, असोज १२ गते महाअष्टमी, त्यसै दिन राति कालरात्रि पूजा हुनेछ । असोज १३ गते शुक्रबार महानवमी, असोज १४ गते शनिबार विजया दशमी परेको छ ।

विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको र त्यही दिन मध्यान्ह ११ बजेर ५५ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेको अध्यक्ष गौतमले बताउनुभयो । तर मान्यजनबाट जुनसुकै समयमा पनि टिका थाप्न उत्तम हुने पनि उहाँले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्