पवननगरमा सरसफाईको अनुगमण



तुलसीपुर २२ भदौ । दाङको साबिक पवननगर गाबिसमा सरसफाईको अनुगमण गरिएको छ । साबिक पवननगर गाबिसका सबै वडाहरुका सौचालय , भाडाँ राख्ने टाँडीको प्रयोग भए नभएको बारेमा अनुगमण गरिएको थियो ।
ग्रामीण खानेपानी तथा सरसफाइ कोष बिकास समिति (फोन्बोर्ड ) काठमान्डौको आर्थिक सहयोग तथा रुकुमेली समाज बिकास केन्द्र रुकुमको प्राबिधिक सहयोगमा अनुमण गरिएको हो । अनुगमणका क्रममा त्यहाँका ६४ घरधुरीले सौचालय नै नबनाएको पाईएको छ । भने केही घरधुरीले साौचालय बनाए पनि प्रभाबकारी रुपमा प्रयोग नगरेको भेटिएको थियो । उनुगमणका क्रममा सौचालन नबनाएका घरपरिवारलाई छिटै सौचालय बनाउन दवाव दिईएको थियो । भने सरसफाई नभएकार घरपरिवारलाई सरसफाई गर्न पनि आग्रह गरिएको थियो ।
अनुगमणमा तुलसीपुर उपमहानगरपालिका १ का अध्यक्ष लक्ष्मन भन्डारी, २ का अध्यक्ष राजु आचार्य , स्वास्थ्य प्रमुख रामेश्वर आचार्य ,खानेपानीका प्रतिनिधि राधिका न्यौपाने, रुकुमेलि समाज बिकास केन्द्र दाङ्का वास अफिसर भिम बहादुर मल्ल, वास ट्रिगर सुमन देवकोटा, सीता केसी तथा सञ्चारकर्मीहरुसहितको टोली थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्