नेपाल ईन्जिनियर्स एशोसियसन दाङको अध्यक्षमा घिमिरे




सैघाली खबर
दाङ,२२ भदौ । नेपाल ईन्जिनियर्स एशोसियसन दाङको प्रथम भेला घोराहीमा सम्पन्न भएको छ । भेलाले ईन्जिनिएर अन्नतराज घिमिरेको अध्यक्षतामा ७ सदस्य तर्दश समिति गठन गरेको छ । जसको उपाध्यक्षमा शन्तोष शार्म, सचिव अपील केसी,कोषध्यक्ष पोपीला श्रेष्ठ रहनु भएको छ । जसको सदस्यहरुका रामधन श्रेष्ठ,डिल्ली राम डाँगी, र बासुदेव भण्डारी रहनु भएको छ । भेलालाई सम्बोधन गर्दै सांसद राजु खनालले दाङको संमग्र विकासका लागि ईन्जिनियरको भुमिका महत्व पूर्ण हुने वताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका खनालले राजनितिक दलको काम योजना ल्याउँने र त्यसको कार्यान्वय गर्ने जिम्मा ईीन्जनियरको भएका कारण दुवै जना संगसगै अगाडी बढ्नु पर्ने धारणा व्यक्त गर्नु भयो । कार्यक्रमका विशिष्ट अतिथी घोराही उपमहानरपालिकाका उप मेयर सिता न्यौपानेले दाङको विकासका लागि गुरु योजना बनाएर अगाडी बढ्न सुझाव दिनुभयो । जिल्लाको समग्र विकासका लागि सम्पूर्ण पुर्वधार निर्माण भएपनि त्यसलाई व्यवस्थित रुपमा अगाडी बढाउने दीर्घकालिन योजना नहुदा समस्या देखा परेको वताउनुभयो । कार्यक्रममा नेपाल ईन्जिनियर्स एशोसियसनका महासचिव रमेश प्रसाद धामी, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, दाङ जिल्ला उद्योग वाणीज्य संघका अध्यक्ष नारायण भुषाल, निर्माण व्यावसायी गोपाल घिमिरे, लगायतले बोल्नु भएको थियो । ईन्जिनिएर मन्दीप सुवेदीको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन ईन्जिनिएर डिल्ली डाँगीले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्