वाढीले प्रभावित विद्यालयमा डेस्क वेन्च प्रदान



सैघाली खबर
दाङ, २३ भाद्र 

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले वाढीबाट प्रभावितलाई राहत वितरण गर्ने भन्दा पनि वाढीवाट प्रभावित नहुने संरचना निर्माण गर्नुपर्ने वताएका छन् । उनले तुलसीपुर उपमहानगरपालिका १३ फुलबारीमा रहेको वाढी प्रभावित अम्विकेश्वरी माविमा डेस्क वेन्च एवम् शैक्षिक सामग्री वितरण वितरण गर्ने क्रममा सो कुरा व्यक्त गर्नुभएको थियो । राहत वितरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पाण्डेले प्राविधिक तह सञ्चालनका लागि विद्यालयलाई आग्रह गर्दै १० लाख सहयोग गर्ने प्रतिवद्धता समेत गरेका थिए । राहत वितरण कार्यक्रमको संयोजन गरेको सामुदायिक वन उपभोक्ता महासंघ दाङ्गका अध्यक्ष शोभाकर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिदत्त कार्की, नेपाल रेडक्रस सोसाइटी उरहरीका अध्यक्ष हरिहर पौडेल, वडा सदस्य विनोद पाण्डे लगायतले मन्तव्य राखेका थिए । विद्यालयलाई सामुदायिक वन महासंघ दाङ्ग, केयर नेपाल, छाँया नेपाल र नेपाल महिला सीप विकास समिति दाङ्गले ३६ वटा वेन्च, १० वटा डेस्क र १ सय दर्जन कापि वितरण गरेका थिए । छाँया नेपालकी निर्मला न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वन महासंघ दाङ्गका कार्यक्रम संयोजक भुप वहादुर केसीले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्