सुनको भाउ बढ्याे



सैघाली खबर,

काठमाडौं २३ भदौ। नेपाली बजारमा हिजो सुनको भाउ एकैदिन तोलामा ६ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा ३ सय रुपैयाँ घटेको सुनको भाउ आज भने तोलामा ६ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनको भाउ प्रतितोला ५७ हजार ८ सय रुपैयाँ पुगेको छ ।
यस्तै, तेजावी सुनको भाउ पनि आज ५७ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाल सुनको भाउ प्रतितोला ५७ हजार २ सय र तेजावी ५६ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो ।
आज नेपाली बजारमा चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्