बजेट प्रस्तुति शुरु, विद्युत् उत्पादन दोब्बर हुने



काठमाडौँ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६÷२०७७ वर्षका लागि आयव्ययको अनुमान ९बजेट० प्रस्तुत गर्न शुरु गर्नुभएको छ । नेपालको संविधान, कानून, सरकारको नीति तथा कार्यक्रम, बजेटका प्राथमिकता र सिद्धान्त, विभिन्न अध्ययन कार्यदलका सुझावका आधारमा सामाजिक न्यायसहितको तीव्र विकास, सभ्य र सुसंस्कृत समाजवादोन्मुख बजेट तयार गरिएको अर्थमन्त्री डा खतिवडाले बैठकलाई जानकारी दिनुभयो ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उहाँले आगामी वर्षभित्र विद्युत् उत्पादन दोब्बर हुने बताउनुभयो । उक्त बजेट आजै दिउँसो सम्पन्न राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषद्को बैठकले पारित गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्