अनाधिकृत सुन किन्दैनौ- अध्यक्ष सुनार



सैघाली खबर,
दाङ ,२४ भदौ। –

नेपाल सुचचाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मोहन सुनारले अनाधिकृत सनु नकिन्ने बताएका छन् ।रिपोर्टस् क्लब तुलसीपुरले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले नेपालमा ठूलो मात्रामा सुन तस्करीको समस्या रहेको भन्दै उनले सरकारको आधिकारीक निकायबाट मात्रै सुन किन्ने बताए ।

नेपालमा किलोका किलो सुन तस्तरको माध्यमबाट भित्रिरहेको भन्दै त्यस्तो सु्न आफुहरुले नकिन्ने उनको भनाई छ ।

आफुलाई सिजनमा ५० केजी र अफ सिजनमा २५ केजि सुन आबश्यक पर्ने भएपनि अहिले सरकारले सिजनमा २५ किलो सिजनमा र अफसिजनमा २० किलो दिदै आएको छ, त्यसैबाट काम चलाईरहेको उनले बताए । उनले सहज रुपमा पाउनु पर्ने कच्चा पदार्थमा सरकारले सिन्डीकेट, कोटा, स्टिम लगाउँदा तस्करी मौलाएको दावी गरे ।

उनले यसमा व्यवसयाीहरु संलग्न नभए पनि बाहिरि व्यक्तीहरु सक्रिय रहेको वताए ।

उपभोक्ताहरुलाई गुणस्तरिय, शुद्ध, स्वस्च्छ बस्तु दिनेमा महासंघ प्रतिबद्ध भएको वताए । उनले सुनको कच्चा पदार्थ सहज रुपमा व्यवस्थापन गर्न राज्य संग माग गरिरहेको भए पनि त्यो पुरा हुन नसकेको वताए ।

तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिर बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा उनले सरकारलाई तत्काल बजार निर्देशिका जारी गर्न आग्रह गर्दै निर्देशिका अहनुसार व्यवस गर्न आफुहरु तयार भएको वताए ।कार्यक्रमको सहजीकरण रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्