आमाको तिथी बृद्ध आश्रममा



सैघाली खबर

दाङ,२४ भदौ । घोराही उपमहानगरपालिका ६ फचकपुर निवासी प्रमोद भुषालले स्वर्गीय आमा देवी भुषालले तिथी घोराही स्थित वृद्धा आश्रममा गर्नु भएको छ । घरमा हुने फजुल खर्च कटाएर आमाको तिथी बृद्ध आश्रममा गरेको भुषालले वताउनुभयो । उहाँले घरमा हुने अनाबश्यक खर्च कटाएर बृद्ध बृद्धाहरुलाई सहयोग गर्ने उदेश्यले आमाको तिथी बृद्ध आश्रममै गरेको वताउनुभयो । तीन बर्षको हुदा नै आमाको मृत्यु भएको वताउँदै आमाको अनुहार समेत ख्याल नभएको भन्दै आमाको सम्झनामा बृद्ध बद्धाहरुलाई सहयोग गरेको वताउनुभयो । तिथीको अबसर पारेर भुषालले बृद्धाआश्रममा रहेका १८ जना बृद्धबृद्धाहरु लाई चामल,नुन तेल,फलफुल, जुत्ता चप्पल,ट्र¥याक सुट,धोती चोली लगायतका विभिन्न सामग्रीहरु हस्तान्तरण गर्नु भएको थियो । सागग्री हस्तान्तरण गर्दै भुषालले अनेत्र गरिने खर्च भन्दा बृद्ध बृद्धाहरु माथी गरिने खर्चले पुन्य प्राप्त हुने भन्दै आफुले तिथी बृद्धआश्रममै गरेको वताउनुभयो ।

त्यस अबसरमा बोल्दै दलित अगुवा झपेन्द्र सिङ चित्रकारले समाजमा मेरे पछि गरिने दान पुन्य भन्दा जिउँदै हुदा आमा बा संग नम्र बोले त्यसमै पुन्य प्राप्त हुने वताउनुभयो । कैयन आमाहरु घर परिवारबाट अगल भएर बृद्धआश्रममा बस्नु पर्ने वाध्यता भएको बताउँदै त्यसलाई सबैले मिली रोख्नु पर्ने वताउनुभयो । कार्यक्रमम पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली,सरस्वती गार्मेन्टका सञ्चालन ईन्द्रबहादुर ओली, लगाएतले वोल्नु भएको थियो । स्वर्गीय देवी भुषाललका छोरा प्रमोद भुषाललको अध्यक्षता एवं बृद्ध आश्रमका हिरा शाहको प्रमुख आतिथ्थयमा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्