समन्वय समितिको कार्यालय स्थापना गर्न आयोगको निर्देशन



सैघाली दखर
काठमाडौं , २५ भाद्र

नवलपरासी र रुकुममा भदौ मसान्तसम्म जिल्ला समन्वय समितिको कार्यालय स्थापना गर्न निर्वाचन आयोगले स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ । निर्वाचन आयोगले स्थानीय विकास मन्त्रालयलाइ यस्तो निर्देशन दिएको हो । रुकुम (पूर्वी भाग), रुकुम पश्चिम भाग, नवलपरासी बर्दघाट सुस्ता पूर्व र नवलपरासी वर्दघाट सुस्ता पश्चिममा जिससको कार्यालय स्थापना गर्न निर्देशन दिइएको निर्वाचन आयोगका प्रवक्त नवराज ढकालले  जानकारी दिनुभयो । निर्वाचन आयोगजले यसअघि नै जिसस कार्यालय तथा स्थानीय विकास अधिकारीको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको थियो ।
यसैबीच निर्वाचन आयोगले उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छदारसँग आज स्पष्टिकरण लिने भएको छ । हिजो मन्त्री गच्छदार उहाँको पार्टी नेपाल लोकतान्त्रिक फोरमले वीरगञ्जमा चुनावी प्रचारका क्रममा निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै स्पष्टिकरण माग गरेको थियो । मन्त्री गच्छदारलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको आयोगका प्रवक्ता ढकालले जानकारी दिनुभयो । त्यस्तै निर्वाचन आयोगले जलस्रोत राज्यमन्त्री अमर सिंह पुनलाई पनि स्पष्टीकरण सोधेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्