मोटर साईकल दुर्घटनामा परि एकको मृत्यु ।



सैघाली खबर
दाङ,२५ भदौ । मोटर साईकल दुर्घटनामा परि एक जनाउको मृत्यु भएको छ । नेपालगञ्जबाट दाङतर्फ आउँदै गरेको भे ५ प ४२४ नम्बरको मोटर साईकल दुर्घटनामा परि शान्तिनगर गाउँपालिका वडा नम्बर ३ का अन्दाजी २६ वर्षिय ढक बहादुर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । विहान श्रीमतीका साथमा आइरहेका केसी शम्शेरगञ्ज नजीक दुर्घटनामा पर्नु भएको थियो । मोटरसाइकलमा सवार उहाकी श्रीमती सिता केसी गम्भीर घाइते रहेको उहाँको अहिले नेपालगञ्जमै उपचार भइरहेको शान्तिनगर ३ का वडा अध्यक्ष बुद्धिराम तिवारिले जानकारी दिनुभयो । सवार मोटर साईकललाई गाडीले ठक्कर दिँदा ढक बहादुरको मृत्यु परिवारले जनाएका छन् । कुन गाडीले ठक्कर दियो भन्ने बारेमा अहिले सम्म नखुलेको वडा अध्यक्ष तिवारिले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्