रोटरी र जेसिसले आयोजना गरेको निशुल्क स्वास्थ्य शिबरमा पाँचसय बिरामीको उपचार।



काठमान्डौ । दाङमा दुई दिने निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरिएको छ । रोटरी क्लब अफ दाङको संयोजनमा दाङको घोराहीमा दुई दिन सम्म सञ्चालन भएको शिबिरबाट पाँच सय भन्दा बढीले निशुल्क उपचार गराएका छन्।

शिबिरमा मधुमेह , थाइराइड , हर्मोन सम्बन्धि उपचार र स्वास्थ परिक्षण गरिएको थियो ।  परिक्षण गर्न आउने बिरामीहरु मध्ये सबैभन्दा धेरै (६० प्रतिशत )थाइरइडका बिरामी र अधिकाश महिलाहरु रहेको कार्यक्रम आयोजक रोटरी क्लब अफ दाङका उपाध्यक्ष यादब सैघालीले जानकारी दिए l

सेवा लिनेमा दाङका जिल्ला अधिकारी गोबिन्द रिजाल एस्पी बेलबहादुर पाण्डे सहित महिलाको उपचार गरिएको थियो। लामो समयदेखि थाइराइडको समस्या भएका बिरामीहरुलाई ३ महिना सम्मको निशुल्क औषधी समेत उपलब्ध गराइएको थियो lओम पोलिक्लिनिक एण्ड डाइ गयानोस्टिक प्रालि ल्याब, डायबिटीज एन्ड थाइराइड सेन्टर प्रालि तथा अल्का अस्पताल प्रालि काठमाडौको प्राबिधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो l

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्