दोलखामा परिवारभित्र हिंसा बढ्दो



दोलखा । दोलखामा परिवारभित्रै हिंसाका घटना बढिरहेका छन् । परिवारमा एक सदस्यले अर्को सदस्यमाथि हिंसा गर्ने क्रम बढेको प्रहरीको भनाइ छ ।

जिल्लामा पारिवारिक हिंसाका घटना बढे पनि हिंसाका घटनाको अनुसन्धानमा प्रहरी सफल भएको र पीडितले कानूनी न्याय पाउन सकेको दोलखा प्रहरीको दाबी छ । गरीवि, अशिक्षा जस्ता कारणले परिवारभित्रै हिंसाका घटना बढ्दै गए पनि पीडितलाई न्याय दिलाउन प्रहरी सफल भएको दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले दाबी गरे ।

प्रहरी नायव उपरीक्षक पाठकका अनुसार जिल्ला प्रहरी कार्यालय दोलखामा एक वर्षको अवधिमा १३ वटा पारिवारिक हिंसाका घटना दर्ता भए ।

अनुसन्धानमा प्रहरीको सर्तकता तथा मेहेनत, स्थानीयको सहयोग, प्रहरीको चेतनामूलक अभियान जस्ता कारणले अधिकांश घटनाका पीडितले कानूनी न्याय पाउन सकेको पाठकले बताए ।

आर्थिक वर्ष ०७५/०७६ को सुरुदेखि ०७६ बैशाख महिना भरी १४ वटा पारिवारिक हिंसाका घटना दर्ता भए । जसमा नौ कर्तव्य ज्यान, चार जर्वजस्ती करणी र एउटा आपराधिक लाभका घटना थिए ।

यी घटना मध्ये एक घटनाका अभियुक्तलाई जन्म कैदको फैसला भयो । नौ घटनाका अभियुक्त पुर्पक्षको लागि थुनामा छन् । एउटा घटनाका अभियुक्त हाजिर जमानीमा रिहा भएका छन् भने तीनटा घटनाका अभियुक्त धरौटिमा छुटेको प्रहरी नायव उपरीक्षक पाठकले बताए ।

०७५ साउन १६ गते दर्ता भएको दोलखा जिरी नगरपालिका वडा नम्बर ३ को श्रीमतीले श्रीमानको हत्या गरेको (कतव्र्य ज्यान) मुद्दामा अभियुक्त ओमलमु शेर्पा हाजिर जमानीमा छुटेकी छन् ।

०७५ भदौ २६ गते दर्ता भएको दोलखा मेलुङ गाउँपालिका वडा नम्बर १ का ४७ वर्षीय कालुमान बसेलले मादक पर्दाथ सेवन गरी श्रीमती तारा भन्ने कमला वसेलको हत्या गरेको (कतव्र्य ज्यान) मुद्दामा अभियुक्त कालुमान पुर्पक्षको लागि थुनामा छन् ।

त्यसैगरी ०७५ भदौ २७ गते दोलखा शैलुङ गाउँपालिका वडा नम्बर ८ का उमेश विकले भतिज १० वर्षीय कुशल विकको हत्या गरेको (कतव्र्य ज्यान) मुद्दामा अभियुक्त उमेश विक पुर्पक्षको लागि थुनामा गएको प्रहरी नायव उपरीक्षक पाठकले बताए ।

०७५ मंसिर १० गते श्रीमतीको हत्या आरोपमा पक्राउ परेका दोलखा जिरी नगरपालिका वडा नम्बर ९ का तस्विर तमाङलाई जिल्ला अदालत दोलखाबाट जन्म कैदको सजाय भएकोमा उनले अदालतको फैसलालगतै कारागारभित्रै सौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेका थिए ।
प्रहरीमा दर्ता भएका नौ वटा कर्तव्य ज्यान मुद्दाका घटनामा दुईटा घटनाका अभियुक्त धरौटीमा छुटे । दुईटा घटनाका अभियुक्तले आत्महत्या गरेको र पाँच वटा घटनाका अभियुक्त पुर्पक्षको लागि थुनामा रहेको प्रहरी नायव उपरीक्षक पाठकले बताए ।

जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्याङ्क अनुसार जिल्लामा पारिवारिक हिंसा अन्तर्गत जबरजस्ती करणीका चार घटनामा तीन घटनाका आरोपी पुर्पक्षको लागि थुनामा छन् ।

आफ्नै भाइ बुहारीलाई पटक–पटक करणी गरी गर्भवती बनाउने अभियुक्त ५० हजार धरौटीमा छुटेको प्रहरीले जनाएको छ ।

यस्तै आपराधिक लाभ घटनामा पक्राउ परेका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ९ का अप्सरा खड्का सामान्य तारिख र दिपक भन्ने देबबहादुर खत्री एक लाख २० हजार धरौटीमा छुटेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्