बाल गायक प्रितम आचार्य ‘बाल सद्भावना दूत’ घोषणा



इटहरी । इटहरी उपमहानगरपालिकाले चर्चित बाल गायक प्रितम आचार्यलाई ‘बाल सद्भावना दूत’ घोषणा गरेको छ ।
आज एक कार्यक्रमको आयोजना गरेर उपमहानगरका कार्यवाहक प्रमुख लक्ष्मी गौतमले आचार्यलाई बाल सद्भावना दूत घोषणा गरिएको पत्र प्रदान गरिन् ।
कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत केशव विमली र वडाध्यक्ष दिपक गौतमले माला र टोपी लगाइदिएर सम्मान गरे ।

कार्यवाहक प्रमुख गौतमले इटहरीको छोरो प्रितमले इटहरीको नाम विश्वभर राखेको भन्दै बधाई तथा शुभकामना दिए । उनले इटहरी उपमहानगरपालिकाले प्रितमकै आवाजमा नगर गीत बनाउने तयारी भइरहेको पनि जानकारी दिए ।

प्रमुख प्रशासकीय अघिकृत केशव विमलीले प्रितमको थप प्रगतिको कामना गरे ।

बाल गायक प्रितम आर्चायले आफू यो अवस्थासम्म आइपुग्न इटहरी उपमहानगरले पुरयाएको सहयोग र मायाप्रति धन्यवाद दिए ।

भारतमा प्रतियोगितामा भाग लिन जानुअघि प्रितमलाई इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले नेपाली झण्डा र उपमेयर लक्ष्मी गौतमले नेपाली टोपी लगाइदिएर विदाई गरेका थिए ।

प्रितम आर्चाय भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटि सो सारेगम लिटिल च्याम्पीयनमा तेस्रो भएर हिजो इटहरी फर्किएका हुन् । प्रितमले बाल सदभावना दूत घोषणा कार्यक्रममा ‘देशले रगत मागे मलाई बलि चढाउ’ बोलको चर्चित गीत गाए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्