विद्यालय बचाउ अभियानको नाममा ठगी गर्ने पक्राउ



बारा । बिद्यालय बचाउ अभियानको नाममा विभिन्न सरकारी तथा गैह्रसरकारी स्कुलहरुमा कार्यरत शिक्षिकाहरुसँग गैरकानुनी रुपमा रकम उठाउँदै हिड्ने पक्राउ परेका छन् । सर्लाही हरिपुर नगरपालिका–२ घर भएका ३२ वर्षीय बीरेन्द्र कुमारलाई गैरकानुनी रुपमा रकम उठाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

केही समयदेखि बीरेन्द्रले बारा कोल्हवी एरिया अन्तर्गतमा रहेका विभिन्न सरकारी तथा गैह्रसरकारी स्कुलहरुमा कार्यरत शिक्षिकाहरुसंग ‘सेभ द स्कुल’ को नाममा शैक्षिक सामाग्रीहरु किनबेच गर्ने, तालिम संचालन गर्ने र वृजकोर्स गराउने जस्ता योजना सुनाई रकम उठाउदै ठगि गरेको भन्ने सूचना प्राप्त भए पश्चात ईलाका प्रहरी कार्यालय कोल्हवी, बाराबाट खटिएको प्रहरीले बीरेन्द्रलाई बाराकै कोल्हबी नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय, जुअवाकटृी अगाडिबाट सोमबार पक्राउ गरेको हो ।

बीरेन्द्रको साथबाट रकम उठाउनको लागि प्रयोग गरिने ‘सेभ द स्कुल’ लेखिएको रसिदको ठेली १ थान र ‘बिद्यालय बचाउ अभियान’ लेखिएको ठेली २ थान समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका कुमारलाई ठगी मुद्दा शीर्षकमा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्