क्रूर हुँदै समाज



काठमाडौँ । नेपाली समाज दिनप्रतिदिन क्रूर हुँदै गएको आभास विभिन्न घटनाक्रमहरुले गराइरहेका छन् ।

काठमाडौँको लाजिम्पाटमा अन्दाजी १० महिनाको शिशुको शव झोलामा भेटिएको छ । सांग्रिला होटल अगाडिको सडक किनारमा घाँटी रेटेर हत्या गरेको अवस्थामा बुधबार राति शिशुको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

शव प्लाष्टिकको झोलामा राखिएको अवस्थामा भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कसले किन शिशुको हत्या गर्यो केही थाहा हुन नसकेको प्रहरीले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्