बेचिन लागेकी महिलाको उद्धार



बर्दिया । बेचिन लागेकी बर्दियाकी एक महिलालाई नेपाल–भारत सीमा प्रहरीले उद्धार गरेको छ ।

महिलालाई भारत लैजाने क्रममा गुलरिया नगरपालिका वडा नं २ का २४ वर्षीय कासिम गुल्जरलाई सुरजपुर नाकाबाट पक्राउ गरी मानव बेचविखन मुद्दामा कारवाही प्रक्रिया अघि बढाएको प्रहरी नायब उपरीक्षक मदनजीत महराले बताए ।

ती महिलालाई ललाइफकाई बेचबिखनका लागि लैजाने क्रममा अर्का एक जनालाई समेत जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्