धादिङको घोप्टेभिरमा यात्रुबाहक बस दुर्घटना एकको मृत्यु, ३१ जना घाईते



सैघाली खबर
धादिङ, २७ भाद्र

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारस्थित घोप्टेभिरमा यात्रुबाहक बस दुर्घटना एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ३१ जना घाईते भएका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाईतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । काठमाडौंबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको लु १ ख ६६२३ नम्बरको बस सोमबार राती २ बजे तीब्र गतिका कारण आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । बसमा ४४ यात्रु थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्