खाजा खर्च कटाएर बिपद ब्यबस्थापन कोषमा सहयोग



सैघाली खबर
दाङ २७ भदौ।
आइडियल बोर्डिङ स्कुलका बिद्यार्थीहरुले खाजा खर्च कटाएर मेयर बिपद ब्यवस्थापन कोषमा सहयोग गरेका छन। दुखमा परेकालाइ सहयोग गर्नु सेवा नै धर्म भएको बताउदै उनीहरुले २० हजार २ सयको चेक उपमेयर माया आर्चायलाइ हस्ताण्तरण गरेका हुन।

सहयोग रकम ग्रहण गदै उपमेयर आर्चायले बिद्यार्थीहरुमा सामाजिक भाबनाको बिकास भएकोमा खुसी ब्यक्त गर्नु भयो।

सो अबसरमा उपमहानगरपालीकाका प्रबक्ता श्याम डागी,कार्यपालीका सदस्य देबराज बिक , पत्रकार बसन्त बिबश आर्चाय लगाएतकाको सहभागिता रहेको थियो।

हाल सम्म कोषमा ३२ लाख ९४ हजार ६ सय ७५ रुपैया जम्मा भइसकेको छ। बाढीपीडीतको पुनस्थापनाका लागी रकम खर्च गरीने कोषका सयोंजक एबम मेयर घनश्याम पाण्डेले जानकारी दिनु भयो।

सहयोग गर्ने भाबना भएकाहरुका लागी इन्भेष्ट बैकंमा रहेको बिपद ब्यबस्थापन कोषको खाता नम्बर ०३१०१०४०२५१८६० मा सहयोग गर्ने सबै सगं अपिल गर्नु भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्