शीर्ष नेताहरु चुनावी प्रचारका लागि प्रदेश नम्बर दूईमा केन्द्रित



सैघाली खबर
काठमाडौं,२८ भाद्र


स्थानीय तहमा आफ्नो उम्मेदवारका पक्षमा माहोल बनाउन पार्टीका शीर्षनेताहरू चुनावी अभियानमा सक्रिय छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतका नेताहरु चुनावीसभालाई सम्बोधन गर्नका लागि २ नम्बर प्रदेशमा छन् ।

 

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सिरहामा चुनावीसभालाई सम्बोधन गर्दै हुनुहुन्छ । एमाले सचिव प्रदीप ज्ञवाली, योगेश भट्टराई पार्टी रणनीति बनाउन २ नम्बर क्षेत्रमै केन्द्रित हुनुहुन्छ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि चुनावीसभाका लागि प्रदेश नम्बर २ मै हुनुहुन्छ ।  

राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव केहि दिन देखि प्रदेश नम्बर दूई मै हुनुहुन्छ । यसैबिच दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनको लागि कर्मचारी निर्वाचन केन्द्र पुग्ने क्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालले कर्मचारीहरु भोलीसम्म निर्वाचन केन्द्र पुगिसक्ने जानकारी दिनुभयो । पर्सीदेखि मतदाता परिचयपत्र वितरणको काम शुरु हुने र मतदाता शिक्षा पनि सँगसँगै दिईने निर्वाचन आयोगले जनाएको छ । त्यसका लागि आयोगले ३१ हजारको हाराहारीमा कर्मचारी खटाएको छ । यस्तै निर्वाचन आयोगले आजै प्रदेशसभा र प्रतिनिधीसभा चुनावका लागि समानुपातिक दलहरुको सुची निकाल्ने भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्