गाईपालनबाट मासिक सहत्तरी हजार आम्दानी



 

सैघाली खबर
सल्यान ,२८ भाद्र


सल्यान त्रिबेणी गाउपालिका १ काकाभ्रेका किसान गोपाल थापाले व्यवसायिक रुपमा गाईपालन गर्न शुरु गरेको लामो समय भएको छैन् । ४ बर्ष मलेसिया बसेर नेपाल फर्कनु भएका उहाँसँग अहिले ५ वटा जर्सी गाई रहेका छन् । ती मध्ये ३ वटा गाईले दूध दिने गरेका छन् । बिनोद कृषि तथा पशुपालन फर्म दर्ता गरेर उहाँले झण्डै १५ लाख बढीको लागतमा सुधारिएको गाई भकारो निर्माण र जर्सी गाई खरिद गर्नु भएको थियो । अहिले एउटा गाईले एक दिनमा अठार लिटर बढी दूध दिने गरेको थापाले बताउनु भयो । उहाँले बिदेश जानुभन्दा बिभिन्न निकायसँग सहकार्य गरेर ब्यबसाय सञ्चालन गर्न सके यहाँ राम्रो आम्दानी हुने गरेको बताउनु भयो । केही बर्ष यता सल्यानमा ब्यबसायिक रुपमा गाईपालन गर्ने किसानहरुको संख्या बढ्दै गएको छ । यहाँ ब्यबसायिक गाईपालनबाट अरु किसानहरुले मनग्य आम्दानी समेत लिन शुरु गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्