तेह्रथुमको फेदाप गाउँपालिकामा रहेका दुइवाटा माद्यामिक बिधालयलाइ ४० थान कम्प्युटर हस्तान्तरण, कम्प्युटर शिक्षामा बिद्यार्थीको आकर्षक बढदै



 

इन्द्र नेपाली ,तेह्रथुम।।

मुलुक भरका स्थानीय तहले विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा अभियान सञ्चालन गरिरहेका बेला फेदाप गाउँपालिका तीन जल्जलेमा जन्मिएर अमेरिकालाइ कर्म थलो बनाएका डा.ओम दाहालले आफू जन्मि हुर्कि अध्यान गरेका दुई बिधालयामा कप्युटर प्रिन्टर हस्तान्तरण गरे सगै अहिले बिधालयमा विद्यार्थीको आकर्षक बढन थालेको छ।

दाहालले Marine Corps Marathon, October 28, 2018 Washington DC को माध्यम बाट संसारको बिभिन्न ठाऊमा रहनुभएका शुभचिन्तकहरू बाट संकलित रकमबाट फेदाप तीन जल्जलेको शंकर माध्यमिक बिधालय र फेदाप एक सिम्लेको जन ज्योती माध्यमिक बिधयालमा २०-२० वटा कम्प्यूटर, १-१ वटा प्रिन्टर र १-१ वटा प्रोजेक्टर हस्तान्तरण गरे सगै सबै विद्यार्थीलाई कम्प्युटरसम्बन्धी प्राविधिक ज्ञान दिन अभियान नै सुरु गरिएको संकर माध्यमिक बिधालयका प्रधानअध्यापन भुपेन्द्र बुढाथोकीले बताउनु भएको छ।

दाताले दिएको कम्प्युटर मार्फत गाउँकै विद्यालयमा कम्प्युटर शिक्षा पढाइ हुन थाले पछि दलित, बिपन्न, पिछडिएका बर्ग, जोगी लगायतका समुदायका छोरा छोरीले समेत निःशुल्क कम्प्युटर शिक्षा अध्ययनको अवसर पाएको जनज्योति माध्यमिक विद्यालयका प्रधानअध्यापन हरि नारायण अधिकारी बताउनु भएको छ।

कम्प्युटर शिक्षामा विद्यार्थीको आकर्षण बढेको र कम्प्युटर भने थोरै भएकाले केही समस्या भएको संकर माद्यामिक बिधालयका कम्प्युटर शिक्षक सोमनाथ दाहालले बताउनु भएको छ।

अंग्रेजी माध्यमको भन्दा प्रयोगात्मक कम्प्युटर शिक्षा महत्त्वपूर्ण रहेको अभिभावकहरुले बताएका छन। पहिले कम्प्युटर शिक्षामा विद्यार्थीको हात बसाएपछि इन्टरनेटको माध्यमबाट पठनपाठन गराउन सहज सगै कम्प्युटर शिक्षाको सैद्धान्तिक र व्यावहारिक ज्ञान पाए पछि कोही विद्यार्थी उच्च शिक्षा अध्ययनपछि व्यावहारिक र रोजगारमुखी हुने दाता डा.ओम प्रसाद दाहालले बताउनु भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्