प्रभावित क्षेत्रमा बाढी प्रतिरोधक घर बनाउन गृहमन्त्रीको निर्देशन



सैघाली खबर,
काठमाडौं २८ भदौ। –गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बाढी प्रभावित क्षेत्रमा ६ महिनाभित्र बाढी प्रतिरोधक घर बनाउने गरी योजना निर्माण गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

गृह मन्त्रालयमा आयोजित केन्द्रिय दैवी प्रकोप उद्धार समितीको बैठकमा बोल्दै मन्त्री शर्माले भने, ‘तथ्यांक संकलन गरेर एकमुष्ट रकम निकासा गर्ने ब्यवस्था मिलाएर कम्तिमा ६ महिनामा बाढी प्रभावितलाई पुनस्र्थापना गरिसक्नुपर्छ ।’

‘बाढी प्रभावित क्षेत्रमा सडकको लेवलसम्म उठाएर घर बनाउने गरी योजना निर्माण गर्न जरुरी छ’ मन्त्री शर्माले भने, ‘सात दिनभित्र बाढी प्रतिरोधी खुट्टा भएको घरको स्टमेट तयार गर्ने गरी कमिटी निर्माण गरेर काम शुरु गरौं ।’

बाढीका कारण विस्थापित हरुको रेकर्ड तयार गर्न निर्देशन दिँदै मन्त्री शर्माले अर्को बर्षामा बाढी आउँदा आवश्यक उद्धार सामग्री कमिटी बनाएर यसैबर्ष किन्न सरोकारवाला निकायका पदाधिकारीहरुलाई आग्रह गरे ।

नदि किनारमा निर्माण गरिने जनता तटबन्ध दिर्घकालिन योजना बनाएर मात्र निमार्ण गर्नुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले आगलागीको जोखिमबाट बच्न फुसको छानो भएका घरहरुलाई जस्ताले रिप्लेस गरिने बताए । मन्त्रि शर्माको निर्देशनपछी केन्द्रिय दैवि प्रकोप उद्धार समितीले फुसको छानो भएका हरेक घरलाई दुई बन्डलका दरले जस्ता वितरण गर्ने निर्णय गरेको छ ।

यसैगरी बाढी आएको बोला राहत र उद्दारमा विशेष भुमिका खेल्ने संगठनलाई पुरस्कृत गर्ने निर्णय समेत बैठकले गरेको छ ।
बैठकमा बोल्दै गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठले नितीगत कमजोरीका कारण विपद् सम्बन्धी कार्य युद्ध स्तरमा हुन नसकेको बता ।
बैठकमा सरोकारवाला मन्त्रालयका सचिवहरुले आ–आफ्नो मन्त्रालय मातहतको क्षेत्रमा भएको क्षतिको विवरण प्रस्तुत गरे थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्