लमहीमा जग्गाको मुल्याङ्कन गरियो



 

 

दिपक बोहरा 

दाङ  २९ भदौ । दाङ लमही नगरपालिकाभित्र पर्ने जग्गाको मूल्याङ्कन गरिएको छ । न्यूनतम मूल्य निर्धारण समितिले चालु आर्थिक बर्ष २०७४÷०७५ का लागि जग्गाको मूल्याङ्कन गरेको हो ।  जग्गाहरुको रजिष्ट्रेशन प्रयोजनका लागि मालपोत कार्यालय लमही अन्तर्गत पर्ने घर, घडेरी एवं खेती योग्य जग्गाको न्यूनतम  मूल्याङ्कन गरिएको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा स्थानीय विकास अधिकारी, उपमहानगरपालिका कार्यकारी अधिकृत लगायतको बैठकले लमही क्षेत्रको जग्गाको मूल्याङ्कन गरेको हो । लमही नगरपालिका अन्तर्गत लमही बसपार्कदेखि पूर्व सुनखोलीसम्मको राजमार्ग दायाँबायाँ सटेको जग्गाको न्यूनतम मुल्याङ्कन प्रति बर्गमिटर आठ हजार दुई सय निर्धारण गरिएको छ । त्यस्तै लमही बसपार्कदेखि पश्चिम अर्जुनखोला पुलसम्म राजमार्गको आसपासमा पर्ने जग्गा र नगर विकास समितिबाट वितरण भएका २४ मिटर बाटोमा पर्ने जग्गाको प्रति वर्गमिटर आठ हजार नै मूल्याङ्कन गरिएको छ ।  त्यस्तै अन्य राजमार्गमा पर्ने जग्गा र लमही –कोईलाबास सडक खण्डमा पर्ने चैलाहीदेखि नगरपालिका भवनसम्मको जग्गा प्रति वर्गमिटर सात हजार कायम गरिएको छ ।

 

यी वाहेक नगर विकास समितिबाट बितरण भएका ६ देखि १० मिटर सडकमा पर्ने जग्गाको न्यूनतम मूल्याङ्कन प्रति वर्गमिटर पाँच हजार, आ.उ मा.वि. देउपुरदेखि पूर्व लमही बैंक रोड चोकसम्मको जग्गाको मूल्याङ्कन प्रति वर्गमिटर चार हजार दुई सय, लमही–कोईलावास सडक खण्डको नगरपालिका भवनदेखि दक्षिण बगही सोता पुलसम्म र अर्जुन खोलादेखि दक्षिण पूर्व आ. उ.मावि देउपुरसम्म सडक दायाँ बायाँपर्ने जग्गाको न्यूनतम मूल्याङ्कन प्रति वर्गमिटर तीन हजार आठ सय ५० कायम गरिएको छ । तर यी बाहेक अन्य सबै पक्की सडक दायाँबायाँ पर्ने जग्गाको न्यूनतम मूल्याङ्कन प्रति वर्गमिटर दुई हजार सात सय ५०, आ.उ.मा.वि देउपुरदेखि पश्चिम दुमदुमा प्राविसम्म सडक दायाँबायाँ पर्ने जग्गाको न्यूनतम मूल्याङ्कन प्रति वर्गमिटर एक हजार आठ सय ७० निर्धारण गरिएको छ । त्यस्तै राजमार्गको वनगाउँ चौराहदेखि बालजनता उमावि हुँदै बगही सोता पुलदेखि दक्षिण सानो नदी पुलसम्म सडक दायाँबायाँ पर्ने जग्गाको न्यूनतम मूल्याङकन प्रति वर्गमिटर दुई हजार कायम कायम गरिएको छ ।

 

त्यस्तै साविक चौलाही ३ ज, ५क, ६ख लमही–तुलसीपुर सडकसँग जोडिएका जग्गा, अन्य सबै प्रकारका भित्री ग्राभेल सडक दायाँबायाँ पर्ने जग्गाको न्यूनतम मूल्याङ्कन प्रति वर्गमिटर एक हजार पाँच सय कायम गरिएको छ । त्यस्तै साविक चौलाही १ख, ३क, ४क, ५ख, लमही–तुलसीपुर सडकसँग जोडिएको जग्गा, साबिक चौलाही, १ख, ३क, ४क, ५ख, ६क, ६ख, ७क, ७ख, ७ग का खेतीयोग्य जग्गाको मूल्याङ्कन प्रति वर्गमिटर एक हजार दुई सय कायम गरिएको छ । त्यस्तै २ ग, २ घ, २ ङ, ३ घ, ३ ङ, ३ ख, ३ ग को खेतीयोग्य जग्गाको न्यूनतम मूल्याङ्कन प्रति वर्गमिटर एक हजार कायम गरिएको छ । त्यस्तै राजमार्गसँग दायाँबायाँ सटेको पाँच सय मिटरसम्मको खेतीयोग्य जग्गाको प्रतिवर्गमिटर न्यूनतम मूल्याङ्कन पाँच सय कायम गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्