प्रदेश २ मा पहिलो बन्ने कांग्रेसको दाबी



सैघाली खबर,
काठमाडौं २९ भदौ।। आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा अत्यधिक ठाउँमा विजय हासिल गरी पहिलो दल बन्ने दाबी नेपाली काँग्रेसले गरेको छ ।
असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीका बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा काँग्रेसले कम्तीमा एक सय तहमा जित्ने दाबी गरेको छ ।

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचारप्रसार समन्वय समितिका संयोजक रमेश लेखकले काँग्रेसले स्थापना कालदेखि अहिलेसम्म मधेश र मधेशवासीको हितमा गरेको कार्य नै प्रदेश नं २ को विजयको आधार भएको बताए ।
प्रदेश २ का सबै जिल्लाको प्रचारप्रसारमा सहभागी भएर फर्किउका संयोजक लेखकले निर्वाचन प्रचारप्रसारको तयारी र आम मतदाताको अपेक्षा, भावना र झुकाव हेर्दा यस चरणको निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्ने र त्यो परिणामले स्थानीय तहको समग्र निर्वाचनमै काँग्रेस पहिलो हुने विश्वास व्यक्त गरे ।

काँग्रेसले स्थानीय स्तरमा तीन स्थानीय तह गौर, मिथिला र निजगढ नगरपालिकामा प्रमुख र उपप्रमुख पदमा अन्य राजनीतिक दलसँग चुनावी तालमेल गरेको छ ।

मधेशीलगायत सम्पूर्ण भाषाभाषी, जनजाति, वर्ग र समुदायका नागरिकको भावनालाई समेटेर संविधानलाई अझ स्वीकार्य बनाउने सन्दर्भमा काँग्रेसले लिएको कदम पनि निर्वाचन जित्नमा सहयोगी हुने उनको भनाइ थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्