सभा गृह निर्माण प्रकृया छिट्टै सुरु हुने



सैघाली खबर

दाङ, २९ भदौ । दाङ उद्योग वाणिज्य संघले निर्माण सुरु गर्ने भनिएको सभा गृह निर्माण प्रकृया छिट्टै गति लिने भएको छ । सभागृह निर्माणको जिम्मा पाएको बंगलामुखी गौरी पार्वती निर्माण कम्पनीले दशै लगतै सभा गृह निर्माण प्रकया अगाडी बढाउने वताएको हो । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले जानकारी दिनुभयो । २६ करोडको लागतमा टेण्डर समेत आब्हान भएको वताउँदै दशै लगतै निर्माण प्रकया सुरु हुने बारेमा कम्पनीका सञ्चालनक रामकुमार थापा संग कुराकानी भसकेको वताउनुभयो । उद्योग वाणिज्य संघले सभा गृह निर्माण स्थलमा बसोवास गरेका सर्वसाधारणको वैकल्पीत व्यबस्था गरेको समेत उहाँले वताउनुभयो । सभा गृह निर्माण स्थल वरपर समेत तारजाली र पर्खाल लगाउने कार्य समेत सम्पन्न भएको वताउँदै अबको केही दिनमै निर्माण सामग्री आई पुग्ने अध्यक्ष भुषालले जानकारी दिनुभयो । कम्पनीले २०७६ सम्म निर्माण कार्य सम्पन्न गर्ने जिम्मा पाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्