मुर्तिकला पेशा बाट नै आत्मनिर्भर



 

 

सुदुरपश्चिम कैलाली बस्ने दिपक लामिछानेलाई स्वदेशमा नै केहि गर्न सकिन्छ भन्ने भावना बोकेका ब्यक्तिको उदाहरणको रुपमा लिन सकिन्छ ।

केही बर्ष यता स्थानीय कच्चापदार्थ लाई उपयोग गरि मुर्तिकलालाई आत्मसाथ गरिरहेका उनी त्यही आफ्नो कलाको सदुपयोग गरि प्राप्त आम्दानी बाट आफ्नो परिवार को जीवन सन्चालन गरिरहेका छ्न ।

 

विभिन्न स्थानमा हुने कार्यक्रमहरुमा दिपको अमुल्य उपस्थिति को लागि आजभोलि उनकै घरमा अनुरोध माग्न आइपुग्छन सोही कार्यक्रम बाट आउने केही आम्दानी बाट उनी आफुलाइ अझै मजबुत बनाउन र मूर्तिकला लाई नै अगाडि बनाउन विभिन्न सर( सामाग्री खरिद गर्दछन ।

केही दिन यता मात्र उनले मुर्ति बनाउने सिलसिलामा भुकम्प बाट तहसनहस भएको धरहराको समेत मुर्ती बनाएका थिए यसरी उनले बनाएको मुर्ती आफ्नो घरको पुजाकोठा मा राख्ने केही मुर्ती बिक्रीवितरण गर्ने र देश र जनताको भलोको लागि अगाडि लागिपरेका ब्यक्ति र सस्थालाइ हस्तान्तरण गर्दछन ।

मुर्तिकला के हो र यसलाइ कसरी अगाडि बढाउन सकिन्छ भनी प्रश्न गर्दा उनी भन्छ्न स् मुर्तिकला भनेको इतिहास बचाउने कार्य हो जुन कार्यको सहि तरिकाले प्रयोग गर्ने हो भने हाम्रो समाज र हामी बसेर वरिपरि विभिन्न प्रकारका कच्चापदार्थ छन त्यसलाइ नै उचित तरिकाले उपभोग गर्ने हो भने बिदेश धाएर जानै पर्दैन स्वदेश बसेर नै आफ्नो जीवन सन्चालन गर्न सकिन्छ ।

महाबिनासकारी भुकम्प पश्चात उनले मूर्तिकलालाई आत्मसाथ गरेका हुन।, भुकम्प बाट धेरै बिनास भएको र त्यसलाइ हामिले नै पुन स्थापना गर्न सकिन्छ भनी उनले मूर्तिकलालाई प्राथमिकता दिएका हुन । उनले भने मुर्तिकला आफैमा एउटा यस्तो अदभूत कला हो जस्ले ओझेलमा परेको तत्वलाइ बर्तमानमा ल्याउन सक्छ ।

 

गरिब परिवारमा जन्मेका उनले आफ्नो कला बाट नै परिवारलाइ खुशी प्रदान गरिरहेका छ्न भने ग्रामिण तहमा पनि उनले मुर्तिकलालाई अझै अगाडी बढाउन विभिन्न स्थानमा कार्यक्रम गरेर चेतनामुलक सन्देश दिरहेका छ्न। यदि सरकारि तहबाट मुर्तिकलालाई उचित ध्यान दिने हो भने स्थानीय कच्चापदार्थ को सदुपयोग र स्वदेशमा नै रोजगार सिर्जना हुने उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्