दुई दिने बाल संरक्षण तालिम शुरु



सैघाली खबर,
तुलसीपुर १ असोज ।
तुलसीपुरमा दुई दिने बाल श्रम तथा बाल संरक्षण कार्यक्रम अन्तरगत घटना ब्यबस्थापन एबं सिफारिश प्रणालीको लागि क्षमता बिकास तालिम शुरु भएको छ ।
युनिसेफ र तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा शुरु भएको तालिममा बाल अधिकार संरक्षण गर्न सरोकारवालाको भुमिकाका बिषयमा जोड दिईएको छ ।

नवजागरण महिला तथा बाल संरक्षण केन्द्र ९ न्युसिपि ० को आयोजनामा भएको तालिम अझै पनि धेरै बालबालिका आफ्नो अधिकारबाट बञ्चित भएको भन्दै उनीहरुको अधिकार स्थापित गर्न सरोकारवालाको भुमिकाका बिषयमा केन्द्रीत रहेको थियो । तालिमको प्रशिक्षकमा पत्रकार दुर्गालाल केसी र नानिमैया वली रहेका छन् ।

यसैबीच तालिमको आईतबार एक कार्यक्रम गरी उद्घाटन गरिएको थियो । न्युसिपिसिका कार्यबहाक अध्यक्ष गोबिन्द रजौरेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक भिम खत्रीले तालिमको बिषय बस्तुमा प्रष्ट पारेका थिए । भने सहजीकरण सञ्चार संयोजक नारायण भण्डारीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्