भ्रामक र चरीत्र हत्या नगर्न नेपाल कम्युनिष्ट पार्टी फेदाप संगठनका अध्यक्ष तिम्सिनाको कांग्रेसलाई आग्रह

, नेपाल कम्युनिष्ट पार्टीको विकल्प छैन रिजाल


इन्द्र नेपाली तेह्रथुम ।

सतारुड दल नेपाल कम्युनिष्ट पार्टी फेदाप सगठनले दुई जान संगठित सदस्यलाई प्रतिपक्षी दल नेपाली कांग्रेसका जिम्मेवार नेताकार्यकर्ताले सडकमै नेपाल कम्युनिष्ट पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेशको होहला मच्चाउन थालेको प्रती नेपाल कम्युनिष्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल कम्युनिष्ट पार्टी फेदाप संगठनका उपलब्ध सचीवालय सदस्यहरुको गयराती बसेको बैठकको निर्णय पत्रकार समेलन मार्फत सार्बजनिक गर्दै नेपाल कम्युनिस्ट पार्टी फेदाप संगठनका अध्यक्ष राम प्रसाद तिम्सिनाले आफ्ना पार्टीका सामन्य भन्दा सामन्य कार्यकर्ताको समेत बर्खिलाप नगर्न आग्रह गर्नु भएको छ।
नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु के सहि के गलत आफैमा छटयाउन सक्ने क्षमता भएका र मुलुकलाई कसरी समृद्ध बनाउन सकिने विषय दत्तचित्त भएर लागेको समयमा कुनै आग्रह पुर्बाग्रह राखी ब्यतीगत चरीत्र हत्या हुनेखालको भ्रामक र झुटा प्रचार नगर्न चेतावनी दिनु भएको छ।

केही दिन अघि मात्रै फेदाप गाउँ पालिकाका वाड नम्बर एकका वाड सदस्य किसोर रिजाल र नेकपा फेदाप संगठनका सदस्य भानुभक्त गजुरेल नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रबेसको भ्रामक हल्ला नेपाली कांग्रेस निकटका कार्यकर्ताले प्रचार गरेका थिए।

 

यस्तै नेपाल कम्युनिस्ट पार्टी फेदापका सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख इस्वार राज खत्रीले दलगत स्वार्थको बहानामा भ्रामक र कसैको चरीत्र हत्या हुने खालको अभिव्यक्ति नदिन नेपाली कांग्रेसका नेताकार्यकर्ता आग्रह गर्नु भएको छ।
हिम्मत भए स्वाच्च राजनीति गरेर देखाउन अबहान गर्नु भएको छ।

हामी कहिल्यै कांग्रेस हुन सक्दौन,नेपाल कम्युनिष्ट पार्टीको विकल्प छैन-रिजाल

सतारुड दल नेपाल कम्युनिष्ट पार्टी फेदाप सगठनले दुई जान संगठित सदस्यलाई प्रतिपक्षी दल नेपाली कांग्रेसका जिम्मेवार नेताकार्यकर्ताले सडकमै नेपाल कम्युनिष्ट पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेशको होहला मच्चाए सगै फेदाप गाउँ पालिका एक सिम्लेका वाड सदस्य किसोरचन्द्र रिजाल र नेपाल कम्युनिस्ट पार्टी फेदाप संगठनका सदस्य भानभत्त गजुरेलद्वारा संयुक्त हस्ताक्षर जारी प्रेस बिज्ञप्तिमा जिवनको उर्भर समय तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमाले हाल नेपाल कम्युनिष्ट पार्टीको सांगठनिक पदमा रहेर निरन्तर रुपमा आफ्नो जिम्मेवारी बहन गरिरहेको समयमा आफ्नो नाम बेचेर नेपाली कांग्रेसका केही ब्यत्तिहरुले झुटो प्रचार गरि राजनीति चरीत्रमा गरेको प्रहार प्रती निन्दा र भत्सर्ना गर्दै कपोल्कल्पित भ्रामक आम नागरिक,पार्टीपंक्तिका कार्यकर्तामा आग्रह गर्नु भएको छ।
मुलुक आर्थिक समृद्धि बाटोमा अगाडि बढी सकेको हुदा अब नेपाल कम्युनिष्ट पार्टीको विकल्प नरहेको बताउनु भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्