कांग्रेस केन्द्रीय समिति बैठक २६ गते सम्मका लागि स्थगित



बुधबारका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । पार्टीका अन्तरिम संरचना गठनसम्बन्धी निर्देशिका निर्माणमा ढिलाइ भएका कारण बैठक पछाडि सारिएको हो ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्देशिका तयारीको काम जारी रहेकाले बुधबारका लागि डाकिएको बैठक स्थगित गरिएको बताएका छन। ।
साउन २६ गते २ बजे बस्ने गरी बैठक सारीएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन। आज बुधबारको बैठकमा अन्तरिम संरचना निर्माणका लागि तयार पारिएको निर्देशिकाबारे छलफल गरेर पारित गर्ने कार्यतालिका रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्