कांग्रेसले वडास्तरीय प्रशिक्षण गर्ने



प्रिया स्मृती गजमेर ।

नेपाली काङ्ग्रेस दाङ्ग क्षेत्र नम्बर एकको कार्य समिति बैठक आज बिहिबार लमहीमा सम्पन्न भएको छ । क्षेत्रीय सभापती भेषराज पाण्डेको सभापतित्व तथा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य शिला शर्मा खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको बैठकले महत्वपूर्ण निर्णयहरु पारित गरेको छ ।

आज सम्पन्न भएको बैठकले क्षेत्र नम्बर एक भित्रका सबै वडामा वडा स्तरीय प्रशिक्षण गर्ने, आगामी भदौ आठ गते बिहान एघार बजे गढवा गाउपालिकाको सिपि हलमा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने र मुआब्जा वितरणमा विभेद भएको प्रति आपत्ति जनाउदै आन्दोलन गर्दै आईरहेका लमही नगरपालिका वडा नम्बर चार सेम्रहवाका स्थानीयको आन्दोलनमा एक्यबद्धता जनाउने निर्णय गरेको सभापती भेषराज पाण्डेले जानकारी दिएका छन् ।

केन्द्रिय सदस्य शिला शर्माको उपस्थितिमा सम्पन्न भएको कार्यसमिति बैठकले सेम्रहवाका स्थानीयले उठाएको माग जाहेज भएको ठहर गर्दै समयमै उनीहरुको मागलाई सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै बैठकले गढवा गाउपालिका वडा नम्बर एक निवासी नेपाली कांग्रेसका क्रियासिल सदस्य प्रेम बहादुर थापा र वडा नम्बर पांच निवासी नेपाली कांग्रेसका क्रियासिल सदस्य तथा ईकाई सल्लाहकार बिष्णु भण्डारीको निधनप्रति दुख ब्यक्त गर्दै समबेदना व्यक्त गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिला शर्मा खड्का,पूर्व सांसद योगेन्द्र चौधरी,महासमिति सदस्य जानकीलाल बस्नेत, अनुराग यादब,महाधिबेशन प्रतिनिधि रेशम बहादुर खड्का,महिला नेतृ शकुन्तला डिसी लगायतको सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्