आइतबार प्रधानमन्त्री ओली स्वदेश फिर्ता हुदै



 

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वदेश फर्कने भएका छन्। सिङ्गापुरमा स्वास्थ्य परीक्षण सकेर प्रधानमन्त्री आइतबार अपराह्न स्वदेश फर्कने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार डा कुन्दन आर्यालले जानकारी दिएका छन।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ।उनी नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते त्यसतर्फ गएका थिए।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन्।यसअघि उनी नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्डमा गएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्