जन्मदिनको अबसरमा रक्तदान




समिक्षा गाहा
दाङ,७ असोज । पत्रकार महासंघ दाङका सदस्य जनक नेपालीले जन्मदिनको उपलक्ष्यमा रक्तदान गर्नु भएको छ । नेपालीले घोराही स्थित रंक्त संचार केन्द्रमा पुगेर रक्तदान गर्नु भएको हो । रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस भन्ने उदेश्य राखि उहाँले रक्तदान गर्नु भएको हो । नौलो जनउभार साप्ताहिकका प्रबन्ध सम्पादक एवं सैघाली खबरका कार्यकारी सम्पादक समेत रहनु भएका नेपालीले रक्तदान नै जिवन दान भएकाले सबैलाई रक्तदान गर्न आग्रह गर्नुभयो । २६ बर्ष पुरा गर्नु भएका नेपालीले चेतनाका अभावका कारण अहिले पनि समाजमा रक्तदान गर्न कतिपयले नमान्ने बताउँदै हरेकले जन्मदिनको उपलक्ष्य अथवा आमा,बाको सम्झनामा रक्तदान गर्नु पर्ने उल्लेख गर्नुभयो । नेपालीले हरेक बर्ष असोज ७ गतेका रक्तदान गर्दै आउनु भएको छ । नेपालीले हाल सम्म २८ पटक रक्तदान गरि सक्नु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्