महोत्तरीको पिपरामा राजपा विजयी



सैघाली खबर

महोत्तरी ,८ असोज

महोत्तरीको पिपरा गाउँपालिकामा राजपाले जित हासिल गरेको छ । राजपाका अध्यक्ष उम्मेदवार विनोदकुमार चौधरी २७७५ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका विक्रम चौधरीले १८७३ मत प्राप्त गरे । उपाध्यक्षको परिणाम पनि राजपाकै पक्षमा परेको छ । राजपा उपाध्यक्षकी उम्मेदवार ननुकारी दासले २५७३ मतका साथ एमालेकी रेखादेवी साहलाई हराइन् । साले २०१७ मत प्राप्त गरेकी छन् ।

महोत्तरीमा अब मनरा सिस्वा गाउँपालिकाको परिणाम आउन बाँकी छ । त्यहाँ विवाद भएका कारण गणना रोकिएको थियो । निर्वाचन आयोगबाटै टोली गएपछि गणना शुरु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्