सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्षकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा द्वन्द्वकालीन मुद्दा टुंग्याउन छलफलमा जुटेका छन्।
प्रधानमन्त्री ओलीको आयोजनामा शनिबार द्वन्द्वकालीन न्यायसँग सम्बन्धित विषयमा शीर्ष नेताहरूबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उल्लेख गरेका छन्। ‘द्वन्द्वकालीन न्यायसँग सम्बन्धित विषयमा भएको शीर्ष नेताहरूबै बैठक महत्वपूर्ण निर्णयमा पुगेको छ,’ थापाले भनेका छन्।
द्वन्द्वकालीन न्यायसँग सम्बन्धित विधेयक सदनमा पेश गर्ने र सातै प्रदेशका द्वन्द्वपीडितबाट संकलन गरेको सुझावका आधारमा विधेयक बनाउन कानुन मन्त्रालयलाई आग्रह गर्नेबारे सत्ता र प्रतिपक्षबीच छलफल भइरहेको हो।
शनिबारको छलफलमा अध्यक्षद्वय ओली(दाहाल, सभापति देउवाका अलवा नेकपाबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेकपा नेता खिमलाल देवकोटा तथा कांग्रेस केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।