जब कर्मचारीलाई कोरोनाको संक्रमण देखिएपछि बैंक नै बन्द भए…….



काठमाडौं । कर्मचारीलाई कोरोनाको संक्रमण देखिएपछि बैंक नै बन्द गर्नु पर्ने अवस्ता आएको छ । बै‌कका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सिङ्गापुरको डीबीएस बैंकको एक शाखा बन्द गरिएको हो ।

थप संक्रमण फैलन नदिन बैंकको शाखा नै बन्द गरिएको डीबीएस बैंकलाई उद्दत गदै बीबीसीले जनाएको छ । बैंकमा बुधबारदेखि बिदा दिइएको छ ।डीबीएस बैंकको एक तलामा तीन सय जना कर्मचारी काम गरिरहेका थिए । यो बैंक मरीना बे पाइनेन्सियल सेन्टरको ४३औँ तलामा रहेको छ।

यसअघि सिङ्गापुरमा कोरोना भाइरसको ४७ घटना सार्वजनिक भइसकेका छन् ।चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या १३ सय ५७ पुगेको छ । यसरी बैंक नै बन्द हुँदा सर्वसाधारण मर्कामा परेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्