नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलमा, पुगे शीर्ष स्थानमा



काठमाडौं । नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं सिजनमा शीर्ष स्थानमा पुगेका छन् ।आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रशारण भएको पहिलो शृङ्खलाबाट उनी छानिएका हुन् ।

उनी शीर्ष २० भित्र परेका छन् ।२० वर्षीय पोखरेल ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् ।काठमाडौंमा जन्मेका दिवेशले कर्णाली, प्रलय बीजस्ता गीत बजारमा ल्याइसकेका छन् ।

अमेरिकी आइडलका निर्णायक लुक ब्रायनले अडिसनमा दिवेशलाई ठूलो स्टार हुन सक्ने भन्दै चर्चासमेत गरेका छन् । १८ औं शृङखलाको निर्णायकमा ब्रायनसँगै केटी परी र लाइनल रिची रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्