रापेछापमा जीप दु-र्घटना : उपचारको क्रममा दुई जनाको मृ-त्यु



काठमाण्डौँ, चैत्र १८
रामेछापको खाँडादेवी गाउँपालिका १ राकाथुमको माझीगाउँमा मङ्गलबार बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा ज्यान गएको छ ।

जीप दुर्घटनामा घाइते भएकी दोरम्बा गाउँपालिका २ की सङ्गीता पहरी र त्यही गाउँका अर्का नाम नखुलेका एक पुरुषको उपचारको क्रममा ज्यानगएको छ । सङ्गीताको उपचारको क्रममा धुलिखेल अस्पतालमा र अर्का पुरुषको शिर मेमोरियल अस्पताल बनेपामा ज्यान गएको हो जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक (इन्स्पेक्टर) टेकेन्द्र पौडेलले बताए ।

भक्तपुरबाट रामेछापको दोरम्बा गाउँपालिका जाँदै गरेको बा १४ च ९४९८ नम्बरको जीप आज बिहान खाँडादेवी गाउँपालिकाको राकाथुमको माझी बस्तीमा दुर्घटना हुँदा जीपमा सवार ३० जना घाइते भएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्