क्वारेन्टाइनमा राख्न खोज्दा डोल्पामा महिलाद्वारा आत्म-हत्याको प्रयास



काठमाण्डौँ, चैत्र १८
देशभर कोरोना संक्रमण फैलिएसँगै क्वारेन्टाइनमा राख्न खोज्दा डोल्पामा एक महिलाले आत्महत्याको प्रयास गरेकी छन् । स्वास्थ्कर्मीले क्वारेन्टाइनमा बस्न मानसिक दबाब दिएपछि आतमहत्याको प्रयास गरेकी ती महिलाको भनाइ छ ।

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाले दुनैस्थित सरस्वती माध्यमिक विद्यालयमा बनाएको ‘क्वारेन्टाइन’मा राख्न खोज्दा गुरूङ थरकी ती महिलाले ठूलीभेरी नदीमा हाम्फालेर आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । क्वारेन्टाइनमा सँगै रहेका अन्य महिलाहरुले नदीमा हाम फाल्नबाट जोगाएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्