काठमाण्डौँ, जेठ १४
धादिङ जिल्लाकाे धुनिबेशी नगरपालिकामा रहेको नाेभा जेनेटिका औषधी फ्याक्ट्रीमा आगलागी भएको छ।
धुनिबेशी नगरपालिका वडा नम्वर ६ मा रहेको नाेभा जेनेटिका औषधी फ्याक्ट्रीमा आगलागी भएकाे हाे ।
अहिले दमकल , इलाका प्रहरी कार्यलय खानिखाेला बाट खटिएका प्रहरी र स्थानियको सहयोगमा आगो निभाउने प्रयास भैरहेको छ ।
आगलागीमा मानबीय क्षती भने भएकाे छैन् । आगलागीमा क्षती कती भयाे र कसरी भयाे भन्ने बारेमा थप जानकारी आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।